काठमाडौं- युएईले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले पहिलो ओभरमै विकेट गुमाएको हो ।
नेपालका लागि ललितनारायण राजबंशीले पहिलो ओभरको पाँचौ बलमा युएईका ओपनर वृत्य अरबिन्दलाई आउट गरे। यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छँदा २४८ रनमा अलआउट भएको थियो।
जसमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७७ रन जोडे। त्यस्तै भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।
जसका कारण नेपालको इनिङ उकासिएको थियो। आज अर्धशतक प्रहार गरेसँगै रोहित नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी भएका छन् ।