काठमाडौं – रितेश अग्रवालका पिता रमेश अग्रवालको शुक्रबार सोसाइटीको २० औं तलाबाट खसेर मृत्यु भएको छ । रमेश अग्रवाल गुडगाउँको सेक्टर ५४ मा रहेको डीएलएफ द क्रेस्ट भवनको २० औं तलाबाट खसेर मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् ।
घटना पछि सेक्टर ५३ का एसएचओको टोली घटनास्थलमा पुगेको बताइएको छ । दिउँसो एक बजे सुरक्षा गार्डले थाहा पाएपछि रमेश अग्रवाललाई तत्काल निजी अस्पताल लगिएको थियो ।
छोरा रितेशले बाबुको मृत्युपछि छोरा रितेशले उक बिज्ञप्ति जारी गर्दै भनेका छन् ‘म र मेरो परिवारलाई यो जानकारी गराउन चाहन्छु कि हाम्रा मार्गदर्शक र हाम्रो शक्ति, मेरा पिता रमेश अग्रवालको १० मार्चमा निधन भएको छ । उहाँले पूर्ण जीवन मलाई र अरू धेरैलाई प्रेरित गर्नुभयो। दुखको यस घडीमा हाम्रो गोपनीयताको ख्याल गरिदिन अनुरोध गर्दछौं।”
रितेश अग्रवालले यही हप्ता दिल्लीमा विवाह गरेका थिए ।रितेश ओयो होटल्सका मालिक हुन् ।