कोपा अमेरिकामा अर्जेन्टिनासँग पराजित भएपछि रुँदै बाहिरिए नेइमार, आँसु पुछ्दै मैदान छाडेका दृश्य भाइरल — OSNepal

कोपा अमेरिकामा अर्जेन्टिनासँग पराजित भएपछि रुँदै बाहिरिए नेइमार, आँसु पुछ्दै मैदान छाडेका दृश्य भाइरल

LC (KTM) July 11, 2021 0

काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले चुमेको छ । माराकाना स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले १ ( ० गोल अन्तरले ब्राजिललाई पराजित गर्न सफल भएको हो ।

अर्जेन्टिनाका लागि खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै सुरुवाती अग्रता दिलाएसँगै दुवै टिमले थप गोल गर्न सकेनन् र अजेन्टिनाका लागि १ गोल नै जितका लागि काफी बन्यो ।

डी मारियाले रोड्रिगोको पासमा आर्कषक गोल गर्न सफल भएका हुन् । ब्राजिलले एक गोल गरेता पनि अफसाइडका कारण कारण रेफ्रिले उक्त गोललाई मान्यता दिएनन् । गरेको गोलले पनि मान्यता नपाएपछि दबाबमा रहेको ब्राजिलले खाता नै खोल्न नसकी घर फर्किन बाध्य भयो ।

नेइमारले धेरै पटक कोशिस गरेता पनि उनका प्रहार कुनै पनि गोलमा परिणत हुन सकेनन् । खेलमा पराजित भएपछि नेइमार भक्कानिँदै मैदानबाट बाहिरिएको दृश्य भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर