सर्पको टोकाइबाट १२ वर्षीया सम्झनाको अकालमै गयो ज्यान, राती टोकेपनि बाबुआमाले बिहान मात्र थाहा पाएपछि सकिएन् बचाउन् — OSNepal

सर्पको टोकाइबाट १२ वर्षीया सम्झनाको अकालमै गयो ज्यान, राती टोकेपनि बाबुआमाले बिहान मात्र थाहा पाएपछि सकिएन् बचाउन्

LC (KTM) July 11, 2021 0

परासी, असार २७-गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेल रहेकी छन् । समयमै उपचार नपाएर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको राति सर्पले डसेको भए पनि अभिभावकले बिहान मात्रै जानकारी पाँउदा उपचारमा ढिला भएर अकालमै मृत्यु भएको बताइएको छ ।शनिबार बिहान ५ बजेको समयमा बालिकालाई अस्पताल लगिएको भए पनि बचाउन नसकिएको हो ।भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर