१ सय १ किलोमिटर सडक बनाउन २८ वर्ष तर अझै अपुरो ! — OSNepal

१ सय १ किलोमिटर सडक बनाउन २८ वर्ष तर अझै अपुरो !

LC (KTM) March 10, 2023 0

उदयपुर । गाईघाट-दिक्तेल-सगरमाथा लोकमार्ग निर्माण सुरु भएको २८ वर्षमा पनि अझै निर्माण सकिएको छैन । १ सय १ किलोमिटर सडकको काम २०५१ सालदेखि सुरु भएको हो ।

उदयपुरको गाईघाटबाट निर्माण सुरु गरिएको गाईघाट महुरे (खोटाङ) १ सय १ किलोमिटर क्षेत्रमा अहिलेसम्म ३५ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

१ सय ३१ किलोमिटर लामो लाोकमार्गको महुरे-दिक्तेल ३० किलोमिटर मध्य पहाडी लोकमार्गमा गाभिएको छ ।

निर्माण व्यवसायीको लापरबाहीले गर्दा ट्रयाक खुलेको वर्षौं बितिसक्दा पनि सडकले पूर्णता पाउन सकेको छैन् । निर्माणको जिम्मा लिएका कम्पनीको गल्तीले गर्दा सडक विभागसमेत समस्यामा परेको छ ।यो सामाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर