इंग्ल्यान्ड र इटालीमध्ये कसले मार्लान् युरोकप फुटबलको बाजी ? — OSNepal

इंग्ल्यान्ड र इटालीमध्ये कसले मार्लान् युरोकप फुटबलको बाजी ?

LC (KTM) July 11, 2021 0

काठमाडौँ । युरोकप फुटबलको फाइनल खेल आइतबार राति हुँदैछ । आजराती राति १२स्४५ बजे खेल वेम्बली स्टेडियमा हुँदैछ । प्रतिस्पर्धामा
इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो भने इटाली भने चौंथो पटक फाइनल प्रतिस्पर्धामा उत्रिन लागेको छ ।आज हुने रोचक प्रतिस्पर्धामा इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रिदैछन् ।

इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले पराजित गरेको थियो । इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो । यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ । इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो ।

यसैबिच कोपा अमेरिका फुटबलको ईतिहासकै महाभि डन्त आज हुँदैछ । आइतबार बिहान सुरु हुने खेलमा फुटबलका महाशक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिना उपाधीका लागि भिड्दै छन् । अभागि साबित रहदै आएका फुटबलका गोल मेसिन मेस्सि र ब्राजिलको मुटु रहेका नेयमार बीच प्रतिष्ठाको ल डाई पनि रहेको छ ।

फाइनल खेल आइतबार बिहान पौने ६ बजे ब्राजिलको माराकाना स्टेडियम हुदैछ । दुबै टिम उपाधि उचाल्ने योजनामा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । ब्राजिल पेरुलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेयमार, रिचार्लिसन, कासिमिरो,फ्रेड जस्ता खेलाडीको साथ पाएको ब्राजिल १० औं पटक कोपा जित्न चाहन्छ ।

अर्जेन्टिना पनि घरेलु टोलीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा तीन शुन्य गोल अन्तरले हराएको थियो ।अर्जेन्टिना कोपामा १४ पटकको च्याम्पियन हो । तर, अर्जेन्टिनाले उपाधि जित्न नसकेको लामो समय भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर