कोपा अमेरिका फुटबल : नेइमार र मेस्सीमध्ये कसले मार्लान् बाजी ? — OSNepal

कोपा अमेरिका फुटबल : नेइमार र मेस्सीमध्ये कसले मार्लान् बाजी ?

LC (KTM) July 10, 2021 0

कोपा अमेरिका फुटबलको ईतिहासकै महाभि डन्त आज हुँदैछ । आइतबार बिहान सुरु हुने खेलमा फुटबलका महाशक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिना उपाधीका लागि भिड्दै छन् । अभागि साबित रहदै आएका फुटबलका गोल मेसिन मेस्सि र ब्राजिलको मुटु रहेका नेयमार बीच प्रतिष्ठाको ल डाई पनि रहेको छ ।

फाइनल खेल आइतबार बिहान पौने ६ बजे ब्राजिलको माराकाना स्टेडियम हुदैछ । दुबै टिम उपाधि उचाल्ने योजनामा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । ब्राजिल पेरुलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेयमार, रिचार्लिसन, कासिमिरो,फ्रेड जस्ता खेलाडीको साथ पाएको ब्राजिल १० औं पटक कोपा जित्न चाहन्छ ।

अर्जेन्टिना पनि घरेलु टोलीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा तीन शुन्य गोल अन्तरले हराएको थियो ।अर्जेन्टिना कोपामा १४ पटकको च्याम्पियन हो । तर, अर्जेन्टिनाले उपाधि जित्न नसकेको लामो समय भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर