यसपालीको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ । प्रतियोगितामा २४ स्वर्ण, ७ रजत र १० काँस्य सहित इलामले उपाधि हात पारेको हो । ९ स्वर्ण, ८ रजत र ५ काँस्य सहित चुलाचुली गाउँपालिका दोश्रो बनेको छ ।
६ स्वर्ण, ६ रजत र १० काँस्य पदक सहित सूर्योदय नगरपालिकाकाले तेश्रो स्थान हासिल गरेको छ । ५ स्वर्ण, ७ रजत र ४ काँस्य सहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको छ । ३ स्वर्ण, १ रजत र ५ काँस्य सहित देउमाई नगरपालिकाले पाँचौ स्थान हासिल गरेको छ । २ स्वर्ण, ५ रजत र ५ काँस्य सहित रोङ गाउँपालिकाले छैटौ स्थान हासिल गरेको छ ।
२ स्वर्ण २ रजत र २ काँस्य सहित माईजोगमाई गाउँपालिकाले सातौ स्थान हासिल गरेको छ । १ स्वर्ण, ५ रजत र ८ काँस्य सहित माई नगरपालिकाले आठौ स्थान प्राप्त गरेको छ । ३ रजत र २ काँस्य सहित माङसेबुङ गाउँपालिका नवौ र २ रजत पाएको सन्दकपुरले १० औ स्थान हासिल गरेको छ ।