सोनम कपुर बिबाह पछि आफ्नो श्रीमान् संग लण्डनमै रहेकी छिन् । उनले आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नो लण्डनमा रहेको अफिसको एक झलक आफ्नो फ्यानहरुलाई देखाएकी छिन् । अफिसको त्यो ठाउँ उनलाई एकदमै घर जस्तै माहोल दिने खालको छ ।
यो तस्बीरलाई आर्किटेक्ट तथा डिजाईनर रुशाद श्राफले पनि आफ्नो इन्ष्टा स्टोरीमा शेयर गरेका छन् । सोनम कपुरले आफ्नो इन्ष्टा स्टोरीमा आफ्नो अफिसको तस्बिर शेयर गरेकी छिन् जसले सबैको ध्यान खिचीरहेको छ । उनको रुमको साइडबोर्डमा एक गोल्ड कलरको टिशु होल्डर , केही किताबहरु तथा एउटा ठुलो फुलदानी राखिएको छ ।
एउटा कुनामा चार वटा सेतो आरामदायक कुर्सीले घेरीएको एक छोटो मेज राखिएको छ । सोनमले आफ्नो लण्डन लाईफको बारेमा कुरा गरेकी छिन् । उनका अनुसार उनको रुटीन अन्र्तगतको काममा खाना बनाउने तथा घरको सफाई गर्ने रहेको छ । उनले आफैले खाना बनाउने गरेको , घरको सफाई गर्ने गरेको तथा ग्रोसरीबाट सामान खरीद गर्ने गरेको बताएकी छिन् ।
उनले आफु जन्मिएको देश भारत आउन एकदमै कन लागि रहेको पनि बताएकी छिन् । उनले आफ्नो घर परिवार तथा साथीहरुलाई भेट्न आफु आतुर रहेको बताएकी छिन् ।