शनिबार २१६९ जनामा कोरोना संक्रमण पुष्टि, १४३२ जना संक्रमणमुक्त — OSNepal

शनिबार २१६९ जनामा कोरोना संक्रमण पुष्टि, १४३२ जना संक्रमणमुक्त

LC (KTM) July 10, 2021 0

काठमाडौं । नेपालमा शनिबार थप २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १४३२ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ ९पीसीआर० र ४३ हजार ४५ ९एन्टिजेन० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको नि धन भएको छ । यससँगै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न स्थानको निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमणको दर बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर