प्रदेश १ मा ३०५ जना कोरोना संक्रमित , आज सुनसरीमा सबैभन्दा बढी १५६ जना संक्रमित भेटिए — OSNepal

प्रदेश १ मा ३०५ जना कोरोना संक्रमित , आज सुनसरीमा सबैभन्दा बढी १५६ जना संक्रमित भेटिए

LC (KTM) July 10, 2021 0

प्रदेश १ मा आज ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको छ । प्रदेश १ मा आज ३०५ जना कोरोना संक्रमित थपिएका छन ।

८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, बर्जु र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४०, उर्लाबारी र केराबारीमा ४–४, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, कानेपोखरीमा २, कटहरी, रतुवामाई र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १९, विर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ४, कमलगाउँपालिकामा २, अर्जुनधारा, कचनकवल, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ संक्रमण भएको छ ।

उदयपुरको त्रियुगामा ६, लिम्चुुङबुङ, चौदण्डीगढी, ताप्ली र स्थानीय तह नखुलेका २–२, कटारीमा १, पाँचथरको फिदिममा १३ र फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ३, शहिलभूमीमा १, इलामको इलाम नगरपालिकामा ४, संखुवासभाको भोटखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार २०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६७ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर