एक खोप लगाए पुग्ने भनिएको कोरोनाविरुद्धको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने — OSNepal

एक खोप लगाए पुग्ने भनिएको कोरोनाविरुद्धको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

LC (KTM) July 10, 2021 0

काठमाडौं-अमेरिकाले नेपाललाई निशुल्क उपलब्ध गराउने भनेको कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुग्ने भएको छ । एक खोप लगाए पुग्ने भनिएको कोरोनाविरुद्धको १५ लाख डोज खोप अमेरिकीबाट आगामी सोमबार नेपाल आउने भएको हो । नेपालमा कोरोना संक्रमण दर फैलिएसँगै नेपाल सरकारले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेपछि अमेरिकाको १५ लाख डोज खोप दिएको हो ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नै नेपाललाई खोप सहयोगको लागि आग्रह गरेकी थिइन् । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारसमक्ष ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि लेखेको पत्रबारे भने खरिदको काम अझैँ अन्यौलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर