ट्वाइलेट बसीरहेकी १५ वर्षिय संचीताको पर्खालले पुरिएर मृत्यु, अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो — OSNepal

ट्वाइलेट बसीरहेकी १५ वर्षिय संचीताको पर्खालले पुरिएर मृत्यु, अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो

LC (KTM) July 10, 2021 0

काठमाडौं । पहिरोले पुरिएर गम्भीर घाइते भएकी किशोरीको निधन भएको छ । घ ट ना हो पाँचथरको । पाँचथरको फिदिम १ स्थित शनिबारे बस्दै आएकी सञ्जिताको उपचारको क्रममा शुक्रबार बीएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

बुधबार राति करिब नौ बजेतिर चर्पी गरिरहेको बेला वन डिभिजन कार्यालय पाँचथरको पर्खाल भत्किएर पुरीएकी किशोरीको उपचारका क्रममा निधन भएको हो । उनी चर्पी बसिरहेकै बेला पुरिएको अवस्थामा प्रहरी र स्थानीयले आधा घण्टा पछि उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्खालले पुरिएकी किशोरी अचेत थिइन् । भोजपुर भएकी सञ्जिता करिब १० वर्षदेखि फिदिम शनिबारे बस्दै आएको प्रहरील्े जनाएको छ । आमा बिदेशमा रहेकी संचिताका बुबाको यसअघि नै निधन भइसकेको बताइएको छ । सञ्जिता कक्षा ८ मा पढ्दै थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर