झलनाथको उपचार खर्च दिने निर्णय कुन कानुनमा टेकेर गरेको ? भन्दै गर्जिए गगन — OSNepal

झलनाथको उपचार खर्च दिने निर्णय कुन कानुनमा टेकेर गरेको ? भन्दै गर्जिए गगन

LC (KTM) July 10, 2021 0

काठमाडौँ । ओली सरकारले राज्यकोषबाट सत्तारुढ पार्टीका नेताको विदेशमा उपचार गर्ने खर्च दिन थालेपछि काँग्रेसले आपत्ति जनाएको छ । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले राज्यकोषबाट सत्तारुढ पार्टीका नेताको विदेशमा उपचार गर्ने खर्च दिएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार एक ट्विट गर्दै नेता थापाले ओली सरकार कानुन मिचेर राज्यकोषको ढुकुटी सकाउन लागि परकेो आरोप लगाएका छन् । उनले विदेशमा उपचार गराउँदा जोसुकैलाई पनि राज्यको ढुकुटीबाट खर्च दिन नमिल्ने बताउँदै उनले एमाले नेता झलनाथ खनालको उपचार खर्चबारे प्रश्न उठाएका हुन् ।

सामाजिक संजालमा प्रश्न राख्दै नेता थापाले भनेका छन् ‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ ।

तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन,’ थापाले लेखेका छन्, ‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखेँको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर