लामो समयदेखि बन्द अवस्थामा रहेको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा — OSNepal

लामो समयदेखि बन्द अवस्थामा रहेको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

LC (KTM) March 05, 2023 0

सुन्दरहरैँचा, २१ फागुन -लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिनुभयो । उहाँले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी छ भन्नुभयो ।

तीन लगानी कर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको निर्माता उहाँले बताउनुभयो । सो हलमा एक सय ३० सिट क्षमता छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

सञ्चालक बस्नेतले भन्नुभयो, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र त्यो अभावलाइ विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर