एजेन्सी । बलिउडमा यस्ता धेरै जोडी थिए जसको विवाह सम्बन्धविच्छेदमा टुङ्गिएको थियो । यस्तै जोडीमा बलिउड अभिनेत्री मलाइका अरोरा र अरबाज खानको नाम समावेश छ । अरबाज र मलाइकाले लामो समय लिभ इनमा बसेपछि विवाह गर्ने निर्णय गरेका थिए । दुवैले सन् १९९८ मा विवाह गरेका थिए । विवाहको केही वर्षपछि यी जोडी अरहानका अभिभावक बनेका थिए ।
झण्डै १८ वर्ष सँगै बसेपछि मलाइका र अरबाज खानको सम्बन्ध टुट्यो । दुवैले सन् २०१६ मा आपसी सहमतिमा अलग भएको घोषणा गरेका थिए । दुबैको डिभोर्सको खबर सुनेर फ्यान पनि छक्क परेका थिए । त्यतिबेला मानिसहरूले अरबाज र मलाइकालाई परफेक्ट कपल मान्दथे र दुवैले प्रायस् कपल गोल दिने गर्थे। यस्तो अवस्थामा जब यी दुईबीचको दरारको कुरा बाहिर आयो, फ्यानलाई ठूलो झट्का लाग्यो ।
सम्बन्धविच्छेदसम्म पुगेपछि के भयो कसैलाई थाहा भएन । मानिसहरूले अनुमान गर्न थाले। अरबाज र मलाइकाको सम्बन्ध बिग्रनुमा मिडियामा धेरै कारण दिइएको थियो । यस्तो अवस्थामा मलाइकालाई अरबाजका केही बानी मन परेनन् भन्ने कारण पनि बाहिर आएको छ । मिडिया रिपोर्टमा मलाइकालाई अरबाजका केही बानी मन नपरेको बताइएको छ ।
अर्कोतर्फ, जब मलाइका नेहा धुपियाको च्याट शोमा पुगेकी थिइन्, उनले आफैंले यो कुरा स्वीकार गरिन् । उनले भनेका थिए, ूउनी एकदमै लापरवाह व्यक्ति हुन्। कतैबाट केही उठाएमा त्यहाँ राख्दैनन्। यसले मलाई धेरै दुःख दिन्छ। मलाइकाले थप भनिन्, उनी कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैनन्। मलाई उनको यो बानी पटक्कै मन पर्दैन