मलेसिया सरकारी तहबाट कामदार आपूर्तिको पक्षमा — OSNepal

मलेसिया सरकारी तहबाट कामदार आपूर्तिको पक्षमा

LC (KTM) March 03, 2023 0

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भ्रमण गरेसँगै मलेसियाले सरकारी तवरबाट विदेशी श्रमिक लिने विषयमा अध्ययन सुरु गरेको छ ।

मेनपावर तथा एजेन्टमार्फत विदेशी श्रमिक माग गर्दै आएको मलेसियाले श्रमिकसँग चर्को सेवा शुल्क असुलेको बताउँदै जीटुजीमार्फत विदेशी श्रमिक लिने विषयमा तयारी सुरु भएको हो ।

मेनपावर तथा व्यक्तिले नेपाली श्रमिकसँग चर्को शुल्क लिएको विषय लिएको उठेपछि मलेसिया सरकारी तवरबाट नै विदेशी श्रमिक लिन इच्छुक देखिएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत शुक्रबार गरेको सम्बोधनमा विदेशी श्रमिक माग गर्दा सिधै सरकारी माध्यामबाट श्रमिक लिने सयंन्त्र बनाउन आवश्यक रहेको बताएको मलेसियाको मलायामेल अनलाइनले जनाएको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर