लिभरपुलका फ्यानहरु लाई खुशीको खबर , १८ बर्षिय युवा फरर्वाड इलियटद्धारा ५ बर्षका लागि नयाँ संझौता थप — OSNepal

लिभरपुलका फ्यानहरु लाई खुशीको खबर , १८ बर्षिय युवा फरर्वाड इलियटद्धारा ५ बर्षका लागि नयाँ संझौता थप

LC (KTM) July 09, 2021 0

फुटबप्रेमी युवाहरु माझ लोकप्रिय रहेका इंग्ल्याण्डका युवा फरवार्ड हार्भे इलियटका फ्यानहरुलाई खुशीको खबर रहेको छ । ईलियट अब इंग्लिस क्लब लिभरपुलमै ५ बर्ष सम्म रहने भएका छन् । युवा फरवार्ड हार्भे इलियटले क्लबसँग नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतासँगै इलियट २०२६ सम्म लिभरपुलमा रहने छन् ।

इलियट मात्र १८ वर्षका रहेका छन् । उनी २०१९ मा फुलहम छोडेर लिभरपुल आएका थिए । उनले लिभरपुलका लागि ९ खेल खेकिसकेका छन् ।गत सिजन उनले च्याम्पियनसिप क्लब ब्लाकबर्न रोभर्सबाट लोनमा खेलेका थिए । रोभर्सका लागि उनले ४१ खेलमा ७ गोल र ११ असिस्ट गरेका थिए । उनको खेललाई धेरैले मन पराउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर