के यूरोकपको फाईनल होला त फेयर ? यी रेफ्रिले खेलाउँदैछन् फाईनल खेल — OSNepal

के यूरोकपको फाईनल होला त फेयर ? यी रेफ्रिले खेलाउँदैछन् फाईनल खेल

LC (KTM) July 09, 2021 0

१६ औं संस्करणको युरोकप फुटबलका यस्ता खेलहरु पनि छन् जुन बिबादीत बनेका छन् । कतिपय खेलमा रेफ्रीको भुमीकाको बिषयलाई लिएर आलोचना समेत भएको छ । युरो कपको फाइनल खेल नेदरल्यान्ड्सका ४८ बर्षिया रेफ्री बियोर्न कुइपर्सले खेलाउने पक्का भएको छ ।

उनले अहिले सम्म फेयर गेम खेलाईरहेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले फाइनलमा मुख्य रेफ्री कुइपर्स रहने जानकारी दिएको छ । कुइपर्सले यो सातौं पटक युरोपियन प्रतियोगिताको फाइनल खेल खेलाउन लागेका हुन् । सन् २०१४ को विश्वकपको समूह चरणमा इंग्ल्यान्ड र इटाली भिड्द कुइपर्स रेफ्री रहेका थिए ।

कुइपर्स सन् २००६ देखि रेफ्री गर्दै आईरहेका छन् ।यस अघि पनि उनले इंग्ल्यान्ड र इटालीबीचको खेल खेलाईसकेका छन् । युरोकपको फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्ने छन् । आइतबार राति हुने फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ । फाईनल खेलमा ईटालीका खराब समर्थकहरुले केही गर्ने हो कि भनेर आम दर्शकलाई चिन्ता रहेको छ । यसअघि पनि ईटालीका समर्थकहरुले कैयौ पटक मैदानमै बिभिन्न हर्कत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर