काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर २३ औ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाउन सफल भएको छ । धरान रंगशालामा सम्पन्न खेलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान बनाएको हो । काँकडभिट्टा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।
यसअघिका संस्करणमा केएफटिसी पहिलो खेलबाटै बाहिरिदै आएको थियो । जितसंगै केएफटिसीले नगद ५ लाख रुपैया सुरक्षित गरेको छ । काँकडभिट्टाको जितमा सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक एक गोल गरे । युकेएफसीका हेमराज भुजेलले १ गोल फर्काए । केएफटिसीले ४ संस्करणको विजेता नेपाली पुलिसलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो ।
काँकडभिट्टाले अब उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङ बिचको दोस्रो सेमिफाइनल विजेता सँग खेल्नेछ । प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।