काठमाडौं, १६ फागुन । टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन् ।आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिना भन्दा बढी आरम गर्नुपर्ने भएको हो ।
‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण थियागोले सोमबार क्लबको प्रशिक्षणमा खुट्टाको जाँच र स्क्यान गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानको नतिजाका आधारमा थियागोको लिगामेन्टमा समस्या छ । सिल्भा निको नहुन्जेलसम्म मेडिकल टिमको निरिक्षणमा रहने छन् । आशा छ उनी चाँडै नै मैदानमा फर्किनेछन् ।’
सन् २०२० मा फ्रेन्च क्लब पेरिसेन्ट जर्मन (पिएसजी) बाट चेल्सी पुगेका ब्राजिलियन सिल्भाले इङ्लिस क्लबबाट एक सय नौ खेल खेलेका छन् । खराब खेलिरहेको चेल्सी माथी गोलरक्षक सिल्भा पनि एक महिना बाहिर रहनु पर्दा थप दबाब बढेको सञ्चारमाध्यमले जनाएका छन् ।