रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” — OSNepal

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा”

LC (KTM) February 27, 2023 0

सुन्दरहरैँचा-पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको हो ।

दिनेश कोइरालाको अभिनय रहेको उक्त भजनमा कलर तथा सम्पादन रचनाकार दाहालकै रहेको छ । उक्त भजनलाई अहिले धर्मप्रेमी स्रोता तथा दर्शकले पनि रूचाएर राम्रो प्रतिक्रिया दिएको रचनाकार दाहालले बताउनुभयो । यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रेकर्ड गरी सार्वजनिक गरिएको भजनका सङ्गतीकार क्षेत्रीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर