काठमाडौं -अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्धको मुद्धा जितेकी छन् । शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन। उक्त मुद्धाको फैसला आज भएको हो ।
अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ भने छविले आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको छ ।
यो सँगै दुबै जना कानुनी रुपमा समेत आज बाट अलग भएका छन् । शिल्पाले सामाजिक संजालमा एक स्टाटस लेख्दै छवि ओझाविरुद्धको मुद्धामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको उल्लेख गरेकी छन् ।
त्यस्तै, छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध हालेको बहुविवाहको मुद्दा पनि काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ । हेमासँग पहिल्यै सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँड भैसकेको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।