“काउकुती विज्ञानको एउटा निकै फराकिलो अनि गहिरो विषय हो।”यसै भन्छन् युनिभर्सिटी अफ म्यारील्याण्डका स्नायुवैज्ञानिक रोबर्ट प्रोभाइन। उनले आफ्नो विज्ञता बाडुली लाग्नु, हाइ काढ्नु तथा वायु जानु जस्ता व्यवहारको शोधमा खर्चिएका छन्। तर तीमध्ये काउकुती किन अझ विशेष छ?
छोटकरीमा भन्दा, काउकुती भनेको निकै गम्भीर विषय हो। “यो शरीरको रक्षा वा स्नायुप्रणालीमात्र होइन आफू र अरुबारेको होस वा चेतसँग पनि जोडिएको छ,” प्रोभाइन भन्छन्।अन्य जटिल व्यवहार जस्तै काउकुतीबारे थप जान्न अरु पशुहरुले देखाउने व्यवहारले सघाउ पुर्याउँछ।
“काउकुती विज्ञानको एउटा निकै फराकिलो अनि गहिरो विषय हो।”
यसै भन्छन् युनिभर्सिटी अफ म्यारील्याण्डका स्नायुवैज्ञानिक रोबर्ट प्रोभाइन। उनले आफ्नो विज्ञता बाडुली लाग्नु, हाइ काढ्नु तथा वायु जानु जस्ता व्यवहारको शोधमा खर्चिएका छन्। तर तीमध्ये काउकुती किन अझ विशेष छ?छोटकरीमा भन्दा, काउकुती भनेको निकै गम्भीर विषय हो। “यो शरीरको रक्षा वा स्नायुप्रणालीमात्र होइन आफू र अरुबारेको होस वा चेतसँग पनि जोडिएको छ,” प्रोभाइन भन्छन्।अन्य जटिल व्यवहार जस्तै काउकुतीबारे थप जान्न अरु पशुहरुले देखाउने व्यवहारले सघाउ पुर्याउँछ।
मानव हुनुको महत्व
हुन त पशु र मानव व्यवहारलाई सोझै जोड्न वैज्ञानिकहरु हिच्किचाउँछन् तर सर्वसाधारण भने यसमा निकै अगाडि छन्। इन्टरनेटमा पशुका रमाइला व्यवहारका भिडियो निकै लोकप्रिय छन्। तिनमा हुचिल देखि लिएर माछा जस्ता प्राणीलाई काउकुती लगाइएका भिडियो पनि छन्।
तर वैज्ञानिकहरुले त्यस्ता प्रतिक्रिया हाँसो वा रमाइलो नभइ पशुजन्य डरका कारण पनि उब्जिएको हुनसक्ने भनी सतर्क गराएका छन्।
वास्तवमा पशुको अनुभूति ठ्याक्कै थाहा पाउन मुश्किल छ।हाँसो वा काउकुती जस्ता व्यवहार अध्ययन गर्ने कुरा अलि अनौठो लाग्न सक्छ। तर तिनका व्यवहारिक फाइदा छन्। मुसामा काउकुतीको अध्ययन गरेका बर्गडर्फले त्यसले दिएको परिणामलाई मनोवैज्ञानिक रोगको उपचारमा प्रयोग गरेका छन्। त्यसमाथि पशुहरुको खुशी अध्ययन गरे तिनलाई खुशी राख्न पनि सकिन्छ – खासगरी थुनेर राखिएका पशुहरुलाई। यी कुराको बुझाइले मानव र पशुको सम्बन्ध जान्न मद्दत मिल्छ अनि मानव हुनुको महत्व के हो भन्ने पनि थप उजागर हुन्छ। बीबीसी न्यूज