लुकेर अमेरिका हिँडेका नेपाली सबार डुंगा दु र्घटना हुँदा सात नेपाली बेपत्ता , यि एक नेपाली बाँचे भाग्यले ! — OSNepal

लुकेर अमेरिका हिँडेका नेपाली सबार डुंगा दु र्घटना हुँदा सात नेपाली बेपत्ता , यि एक नेपाली बाँचे भाग्यले !

LC (KTM) July 09, 2021 0

काठमाडौं। क्यारेबियन सागरमा डुंगा दु र्घटना हुँदा सात नेपाली बेप त्ता भएका छन्। बे पत्ता हुनेमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना रहेका छन् । त्यस्तै उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेको समाचारमा जनाइएको छ ।

८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट उडाएका थिए। उनीहरू सबैलाई अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ।

कोलम्बियासम्म पुग्ने क्रममा सबै नेपालीले जनही करिब ३० लाख आसपासमा एजेन्टलाई पैसा बुझाएको बताइएको छ ।दुर्घटनापछि उद्धारमा खटिएको कोलम्बियाको कोभेनास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए। तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको उद्धार भएको छ। अन्य सात नेपालीसहित १२ जना हरा इरहेका छन्। घटना १९ जुन ९असार ५० मा भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर