लामो समय देखि चोरी सिकार गर्दै आएका यी दुईजना जंगलबाटै बन्दुक सहित पक्राउ — OSNepal

लामो समय देखि चोरी सिकार गर्दै आएका यी दुईजना जंगलबाटै बन्दुक सहित पक्राउ

LC (KTM) July 09, 2021 0

बैतडी २५ असार । भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी जिल्लाका वडा नम्बर १ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई र ३८ वर्षीय लक्ष्मण भट्टराई रहेका छन् ।

निजहरुलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले बराइल रौटे भन्ने जंगलबाट नियन्त्रणमा लिएका हुन् । उनीहरु जंगलबाट फर्किरहेको अवस्थामा बन्दूक सहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लामो समय देखि उनीहरु चोरी सिकार गर्दै आएका थिए ।

पक्राउ परेका दुवै जनामाथि हातहातियार तथा खरखजना ऐनअनुुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर