बलिउड जमाना अनुसार बदलिदै गएको छ । बलिउड केही समय अघि कहानी सुनाउनमै केन्द्रित रहदै आएको थियो । तर अब त्यस्तो अवस्था छैन । अब बलिउडले महिलाका साथ कदममा कदम राखेर अघि बढिरहेको छ । धेरै जसो बलिउडमा बन्ने फिल्महरुले अब मातृत्वलाई पनि मुख्य बिषयवस्तु बनाउन थालेका छन् । यिनै बलिउडका फिल्म जस्ले मातृत्वलाई उजागर गरेका छन् । त्यहि फिल्मका बिषयमा आज हामी चर्चा गर्नेछौ ।
मिमी :
कृति सेननको यो नयाँ फिल्म सरोगेसीमा आधारीत रहेको छ । कृति यस फिल्ममा एक सरोगेट महिलाको भुमीकामा देखिएकी छिन् । हामी सबैले बलिउडका सेलीब्रेटीहरु सरोगेसीको सहायताले आमा–बुवा बनेको देखेका छौ । हामी यो फिल्ममा सरोगेसी कस्तो हुन्छ तथा यसका लागि खासगरी महिलाले कस्तो कठिनाई भोग्नुपर्छ भन्ने देख्न सकिन्छ ।
विक्की डोनर
आयुष्मान खुरानाको यस फिल्ममा स्पर्म डोनेशन लाई देखाइएको छ । विक्कीले आफ्नो स्पर्म डोनेशन गरेर कैयौ दम्पत्तिको झोली भर्दिएको बिषय छ । तर जब उसको आफ्नै बिबाह हुन्छ त्यसपछि कथाले युटर्न लिन्छ । उसको आफ्नै सन्तान हुदैन र स्पर्म डोनेशननै उसका लागि अन्तिममा काम आउँछ । यो फिल्मको कहानी एकदमै मजेदार र मोर्डन रहेको छ ।
बधाई हो
यदि युवा दम्पत्ति बच्चा जन्माउन सक्छन् भने अधबैश उमेरका दम्पत्ति किन सक्दैनन ? यहि बिषयमा आधारीत आयुष्मान खुरानाको फिल्म बधाई हो आधारीत रहेको छ । फिल्ममा नीना गुप्ता २५ बर्षको छोराको आमा हुनुको बावजुद दोस्रो पटक गर्भवती हुन्छिन् । जहा उनको पति गजराज राव माथि प्रश्न उठाइएको छ कि उनको यो उमेरमा कसरी यस्तो भयो भनेर । तर अन्तिममा फिल्मले सबैको लागि ठुलो म्यासेज समेत दिएको छ ।
गुड न्युज
अक्षय कुमार र करीना कपुर रहेको यस कमेडी फिल्मले आमा बुवा बन्नका लागि आईभिएफ प्रबिधि पनि छ है भन्ने म्यासेज दिन खोजेको छ । कुनै एक आमाको लागि आफ्नो बच्चाको लागि कति मुश्किल र कठिन परिस्थिती संग जुध्नुपर्छ भन्ने देखाउन खोजीएको छ । बच्चा आफ्नो होस् या अरुको हैरानी आमा लाई नै हुन्छ भन्ने देखाउन खोजिएको छ ।
त्रिभंग
काजोलको यो फिल्ममा आफ्नो नियममा चल्ने सिंगल आमालाई समाजमा कति कुरा सहनुपर्छ भन्ने कुरा देखाइएको छ । साथै कहिले काही उनको आफ्नै परिवारले पनि उनीहरुको साथ नदिएको कुरा फिल्ममा देखाउन खोजीएको छ ।
पा
बिद्या बालनले यस फिल्ममा एक सिंगल आमाको भुमीका निर्बाह गरेको देख्न सकिन्छ । उनको छोराको भुमीकामा अमिताभ बच्चन एक यस्तो बच्चा बनिएका छन् जो प्रोगेरीयाको शिकार भएको हुन्छ ।