स्कटल्यान्डविरुद्ध नेपालले एकै ओभरमा लियो दुई विकेट — OSNepal

स्कटल्यान्डविरुद्ध नेपालले एकै ओभरमा लियो दुई विकेट

LC (KTM) February 21, 2023 0

काठमाडौँ । स्कटल्यान्डविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गरेको स्कटल्यान्डले ३५ औँ ओभरको तेस्रो बलमा म्याथु क्रस ४२ रनमा रन आउट भए ।

नेपालका लागि करण केसीले ३५ औँ ओभरको पाँचौँ बलमा माइकल लिसलाई बोल्ड आउट गराए ।माइकल दुई बल खेलेर खाता खोल्न नपाउँदै आउट भए ।नेपाली टिममा रोहित पौडेल (कप्तान)दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल रहेका छन् ।

सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर