काठमाडौँ – स्कटल्यान्डविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले पाँचौँ विकेट लिएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा यसअघि नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका थिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका टोमस म्याकिन्टोसलाई २२ औँ ओभरको चोथो बलमा १ रनमै क्याच आउट गराए यसअघि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका थिए । जर्ज मुन्जीलाई १३ ओभर ५ बलमा बोल्ड आउट गराएका हुन् ।
सन्दीपले १४औँ ओभरको अन्तिम बलमा रिची ब्रिनटनलाई एलबीडब्लू आउट गराएका थिए ।नेपाली टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।
नेपाली टिममा हित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख ९विकेटकिपर०, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल रहेका छन् । सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो।