बलिउडमा यस्ता कलाकार पनि छन् कि उनीहरु पैसा प्राप्तीको दौडमा छैनन् । उनीहरुले वातावरण, जिवजन्तु लगायतका क्षेत्रमा उल्लेखनीय भुमीका र योगदा दिदै आएका छन् । पछिल्लो समयमा एनिमल्स राईट्सका कुरा देखी लिएर वातावरण संरक्षणका क्षेत्रमा समेत बलिउडका केही कलाकार खुलेरै देखा परेका छन् ।
यीनै कलाकार मध्ये वातावरण तथा प्रकृतिलाई बडो प्रेम गर्ने नायिकामा तपसी पन्नु समेत पर्छिन् । उनले वातावरण जोगाउन तथा पर्यावरण संरक्षणका लागि नयाँ कदम उठाएकी छिन् । जस्को सर्वत्र चर्चा चुलिएको छ । उनले फोहोर बाट कपडा उत्पादन गर्ने मिसनमा लागेकी छिन् । पर्यावरणलाई हानी पु¥याउने फोहोर बाट बनाइएको कपडाको उनले आफ्नो फिल्ममा प्रयोग गर्ने भए पछि चर्चा बटुलिएको छ ।
उनको अपकमिङ तेलुगु फिल्म मिशन इम्पोशिबल बाटै यसको सुरुवात गर्ने बताएकी छिन् । उनले यस फिल्मको शुटिंगको दौरानमा फोहोर बाट बनेको कपडाको प्रयोग गर्ने जनाएकी छिन् । उनको पछिल्लो फिल्म ‘हसिना दिलरुबा’ओटीटी प्लेटफर्ममा रिलीज भएको थियो भने ‘शाबास मिठु’सार्वजनिक हुँदैछ। तेलुगु बाटै आफ्नो करियर सुरु गरेकी तापसीले हिन्दी फिल्ममा पनि उत्तिकै राम्रो प्रर्दशन गरिसकेकाी छिन् ।