बिहिबार राती एक्कासी किन इंग्ल्यान्ड उडे सन्दिप लामिछाने, लेखे यस्तो स्टाटस — OSNepal

बिहिबार राती एक्कासी किन इंग्ल्यान्ड उडे सन्दिप लामिछाने, लेखे यस्तो स्टाटस

LC (KTM) July 09, 2021 0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने नेपालका सबैभन्दा धनीमध्येका एक खेलाडी हुन् । उनी आधा समय नेपाल र आधा विदेशमा नै बिताउने खेलाडीमा पर्छन् ।

बिहीबार राति सन्दीप द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड प्रस्थान गरेका छन् । यसबारेमा सन्दीपले सामाजिक संजालमा स्टाटस लेख्दैजानकारी गराएका हुन् । ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने सन्दिप इंग्ल्यान्ड पुगे लगत्तै उनी १० दिन क्वारेन्टिनमा बस्ने र क्वारेन्टाइनको अवधी सकिएपछि कोरोनाको पीसीआर प्रशिक्षण गरिनेछ ।

रिर्पोट रिपोर्ट आएपछि सन्दीप टिममा सहभागी भएर खेल्ने छन् । १०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुनेछ भने ।
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले ले भाइटालिटी टी९ट्वान्टी ब्लास्ट क्रिकेट गुमाउन पुगेका छन् ।

भाइटालिटी टी९ट्वान्टी ब्लास्ट क्रिकेटमा पनि सहभागीता जनाउने तयारी गरेको भएता पनि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाएका हुन् । उक्त प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । सन्दिप पछिल्लो समय काठमाडौँमा करोडौँको घर किनेपछि फेरी एक पटक चर्चामा रहेका थिए । उनी पछिल्ला दिनमा सामाजिक कर्ममा पनि सक्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर