काठमाडौं, ८ फागुन । स्पेनिस ला लिगमा अर्को खेलमा म्याड्रिड एथलेटिकोले बिल्वाओलाई १–० ले पराजित गरेको छ ।
एट्लेटिकोको जितमा दोस्रो हाफ पछि ७३औं मिनेटमा एन्टोइन ग्रिजम्यान गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै एट्लेटिको २२ खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ भने पराजित विल्वाओ ३२ अंकसहित सातौं स्थानमा छ ।