बुधबारदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि आयो एकतर्फी सञ्चालनमा — OSNepal

बुधबारदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि आयो एकतर्फी सञ्चालनमा

LC (KTM) July 09, 2021 0

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर