काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्र आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
सार्वजनिक भएका दुई पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु वर्षा सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ । रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।राजधानि दैनिकमा खबर छ ।
चलचित्रमा वर्षा र रमेशका अलावा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय रहेको छ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रलाई लभस्टोरी, थ्रिलर र कमेडी कथावस्तुमा आधारित रहेर बनाइएको छ ।
यो पनि : चितवनम किराँतहरुको सम्मेलन:चितवन, ७ फागुन । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ ।
सो सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुनेछन् ।
साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव महासचिव निरन्ती तुम्बापोले जानकारी दिएकी छिन । सो सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुने छ ।
विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको छ । किरा्तीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा यो संस्था स्थापना भएको हो ।