काठमाडौँ । भारतीय सुपरस्टार सलमान खानलाई फेरी अर्को कडा झड्का लागेको छ । बलिउड अभिनेता सलमान खान, उनकी बहिनी अलवीरा खान र उनको कम्पनी बिइङ ह्युमनसहित आठविरुद्ध चण्डीगढका एक व्यापारीले उजुरी परेको आजतकले जनाएको छ ।
भारतीय मिडियाका अनुसार प्रहरीले सलमान सहित आठ जनालाई पत्र काटेको छ । उजुरी दिएका व्यापारी अरुण गुप्ताले बिइङ ह्युमनको शोरुम खोलेपछि कम्पनीले दिल्लीबाट सामान नपठाएको र कम्पनीको साइट पनि बन्द गरेको आरोप लगाएका छन् ।
अरुणले सलमान र अन्य ७ जना कम्पनीका सिइओ प्रसाद कपारे र अन्य अधिकारीहरु सन्तोष श्रीवास्तव, सन्ध्या, अनूप, सञ्जय रंगा, मानव र आलोकले आँफुलाई निकै अप्ठ्यारोमा पारेको उल्लेख गरेका छन् । उनले बिइङ ह्युमनको जुन ज्वेलरी स्टोर अरुणलाई दिने भनिएको थियो, त्यो अहिले बन्द रहेको समेत उल्लेख गरेका छन् ।