६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको खोजी गर्दै एयर इण्डिया, ४७० नयाँ जहाज किन्ने प्रक्रिया अघि बढायो — OSNepal

६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको खोजी गर्दै एयर इण्डिया, ४७० नयाँ जहाज किन्ने प्रक्रिया अघि बढायो

LC (KTM) February 17, 2023 0

काठमाडौं । एयर इण्डियाले युरोप र अमेरिकी कम्पनी एयरबस र बोइङबाट ४७० नयाँ जहाज खरिद गर्ने भएको छ । भारतीय राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी समेत रहेको एयर इण्डियाले किन्ने प्रक्रियामा रहेका जहाजका लागि मात्रै ६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको आवश्यक पर्नेछ । जसका लागि उसले दक्ष पाइलटको खोजी गरिसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यति धेरैको संख्यामा जहाज र पाइलटको खोजी गर्दै यो कम्पनीले विश्वको इतिहासमै सबैभन्दा ठूलो अर्डर दिएको भन्दै भिारतीय मिडियामा चर्चा भइरहेको छ । अहिले एयर इण्डियासँग ११३ वटा जहाज छन् । यी जहाज उडाउन १ हजार ६ सय पाइलटले काम गरिरहेका छन् । एक साथ १६ घण्टाभन्दा लामो उडान भर्न सक्ने यो कम्पनीसँग संयुक्त लगानीमा सञ्चालित विस्तारा एयरसँग ५३ वटा जहाज र ६ सय भन्दा बढी पाइलट रहेको बताइन्छ ।

एयर इण्डियाले खरिद गर्न लागेको जहाजलाई प्रति विमान ३० पाइलट आवश्यक पर्छ । जसका लागि १५ कमाण्डर र १५ फर्स्ट अफिसर चाहिन्छ । यस अनुसार ए ३५० मोडलका जहाज उडाउन मात्र १२ सय पाइलट आवश्यक पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर