मैले गल्ती गरेकै छैन, मलाई बलीको बोका बनाइयो भन्दै भावुक बने पवन खतिवडा — OSNepal

मैले गल्ती गरेकै छैन, मलाई बलीको बोका बनाइयो भन्दै भावुक बने पवन खतिवडा

LC (KTM) February 15, 2023 0

काठमाडौं । गोलमाल नामक सिरियलमा अभिनय गरेपछि चर्चा कमाएका कलाकार हुन् पवन खतिवडा ‘म्याकुरी’ ।

बुधबार दिनभरी ‘म्याकुरी’ले मापसे गरेर कुटपिट गरेको भन्ने खबर सर्वत्र भयो । अहिले आएर उनले उक्त समाचारको खण्नन गरेका छन् । उनले एक स्टाटस लेख्दै भनेका छन् मैले समचारमा आए जस्तो केही नराम्रो काम गरेको छैन ।

उनले आँफुले मापसे नगरेको र साथी साथी झगडा गरेका स्थानमा आँफु भएका कारण प्रहरीले अनुसन्धानका लागि लगेको भनेर बयान दिएका छन् । उनले स्टाटसमा लेखेका छन् ‘मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे रुरु कस्ले दियो प्रमाण रु म घटना भाको स्थानमा भएको कारण प्रहरीले अनुसन्धान गर्न लागेको हो।

उनीहरु साथी साथी झगडा गरेका हुन। के हो पत्रकारिता ? ’ सोध्दै नसोधी जे मन लाग्छ त्यहिँ लेखिदिने भन्दै उनले प्रश्न पनि गरेका छन् । उनले भनेका छन्, ‘नसोधी जे मन लाग्छ त्यही लेखिदिने ? यो समाचारको आधार के हो ? ’ साथै, आफूलै जीवनमा कसैसँग अंगभंग हुने गरि झगडा नगरेको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि कसैमाथी हमला गरेको छैन। झगडा बाट टाढै भाग्ने मान्छे लाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने रुरु टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर