पति दिलिप कुमारलाई पत्नी सायराले अंगालो हालेर रोएको दृष्यले धेरैलाई रुवायो, तस्विर भाइरल — OSNepal

पति दिलिप कुमारलाई पत्नी सायराले अंगालो हालेर रोएको दृष्यले धेरैलाई रुवायो, तस्विर भाइरल

LC (KTM) July 08, 2021 0

काठमाडौं- भारतका दिग्गज अभिनेता दिलिप कुमारको बुधबार निधन भयो । उनको निधनले बलिउड गहिरो शोकमा डुबेको छ ।यसो त सबैभन्दा गहिरो शोकमा उनकी पत्नी सायरा बानोलाई भएको छ । उनले पति दिलिपको शबलाई अंगलो मारेर रोएका तस्विर सामाजिक संजालमा भाइरल भएका छन् । तस्बिरमा सायराको पीडा स्पष्ट रुपमा झल्किएको छ ।सायरा बानोले जसरी आफ्ना श्रीमान दिलिपलाई अँगालो हालेर रोइरहेको दृष्यले धेरैका आखा रसाए ।

विभिन्न रोगसँग जुधिरहेका दिलिप कुमारको सत्रै ढाल र हिम्मत बनरे खडा रहिरहन् पत्नी सायरा । दिलिप कुमारका साथी धर्मेन्द्र पनि निकै दुःखी देखिए । दिलिप कुमारको अन्तिम दर्शन गर्न पुगेका धर्मेन्द्रको यो फोटो पनि जताततै छाएको छ ।

ती तस्बिरमा उनी सायरा बानोसँग दिलिप कुमारको पार्थिव शरीरसँगै बसिरहेका छन् । धर्मेन्द्र र दिलिप कुमारबीच निकै राम्रो सम्बन्ध थियो । अन्तिम दर्शन गरिरहेको धर्मेन्द्रको यो तस्बिर पनि चर्चाको विषय बनेको छ । धर्मेन्द्र दिलिप कुमारलाई आफ्ना दाइजस्तै मान्थे । त्यस्तै अभिनेता शाहरुख खानले पनि दिलिप पत्नी सायरालाई साथ दिइरहेका छन् । शाहरुख सँगै सायरा रोएको तस्विर पनि अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर