कोरोनाको तेस्रो लहर नेपाल आउनु अघि यी ५ कुराको ब्यवस्था गर्न सरकारलाई मौलिक जरोकिलो पार्टीको सुझाव — OSNepal

कोरोनाको तेस्रो लहर नेपाल आउनु अघि यी ५ कुराको ब्यवस्था गर्न सरकारलाई मौलिक जरोकिलो पार्टीको सुझाव

LC (KTM) July 08, 2021 0

मौलिक जरोकिलो पार्टीले कोरोनाको तेस्रो लहर नेपालमा फैलिनु भन्दा अगाडि नै सर्तकता अपनाउन सरकारलाई आग्रह गरेको छ । उसले तेस्रो लहर सुरु हुनु अघि पूर्व तयारी गर्न ५ बुँदेृ सुझाव समेत दिएको छ । पार्टीका प्रबक्ता मित्रलाल शर्माद्धारा जारी अपिलमा बेलैमा सावधानी अपनाउन सुझाव दिइएको छ ।

नेपालमा कोरोना संक्रमणको पहिलो लहरभन्दा दोस्रो लहर झनै भयावह हुनपुगेको र अब तेस्रो लहर आउनु भन्दा अघि नै तदारुकता देखाउन सरकारलाई अपिल गरेको छ । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आएको खण्डमा वर्स्ट केस सिनारियोको आंकलन गरी पूर्व तयारी गर्न मौलिक जरोकिलो पार्टीले सरकारलाई अनुरोध गरेको हो।

सम्पूर्ण जनताको लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने , सिमानाकामा कडाईका साथ परिक्षण गरेर मात्र आवतजावत गर्न दिने , पीसीआर परिक्षण र कन्ट्याक्ट ट्रेसिङ्गको दायरा बढाउने , प्रत्येक स्थानिय निकायमा क्वारेण्टिनको व्यवस्था गर्ने , पर्याप्त अक्सिजन, भेण्टिलेटर जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने लगायतका पुर्व तयारी गर्न प्रबक्ता शर्माले अनुरोध गरेका छन् ।

छिमेकी राष्ट्र भारतमा अवस्था भयावह भएपछी नेपालमा पनि लकडाउन वा निषेधाज्ञा लगाउने गरिएको भन्दै यो प्रतिक्रियात्मक शैलीको बिरोध समेत गरेको छ । संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएपछि चेन ब्रेक गर्न लकडाउन वा निषेधाज्ञा लगाउनु बाहेक सरकारसंग स्वक्रियात्मक उपाय नै नभएको देखिएको भन्दै पार्टीले भारतीय वैज्ञानिक तथा चिकित्साविद्हरूले अर्को महिनादेखि कोभिड १९ को तेस्रो लहर आउनसक्ने सम्भावनालाई अवश्यम्भावी भनिरहेको अवस्थामा नेपाल सरकारले गम्भीरता पूर्वक तयारी नगरेको पार्टीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर