साँफे–मार्तडी सडक पुनः अवरुद्ध, आवतजावतमा समस्या — OSNepal

साँफे–मार्तडी सडक पुनः अवरुद्ध, आवतजावतमा समस्या

LC (KTM) July 08, 2021 0

बाजुरा २४ असार -साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षापछि पहिरा जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको केही दिनमै पुनःपहिरो गएपछि साँफे मार्तडी सडकको बाजुराखण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयवासीलाईसमेत आवतजावत गर्न समस्या भएको छ ।

बुधबारदेखि आएको वर्षाले बडीमालिका नगरपालिका– ४ को ओलेना र बूढीगङगाको द्वारीमा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिनुभएको छ । सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो गएर आवतजावतमा निकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर