विहे पछि पनि किस सिन दिइन् भन्दै जब फ्यानले सामान्थालाई गाली गर्न थाले — OSNepal

विहे पछि पनि किस सिन दिइन् भन्दै जब फ्यानले सामान्थालाई गाली गर्न थाले

LC (KTM) February 14, 2023 0

एजेन्सी- सन् २०१८ मा रिलिज भएको फिल्म रंगस्थलम मा साउथ इन्डस्ट्रीका चर्चित स्टार राम चरण र सामन्था रुथ प्रभुले सँगै काम गरेका थिए । यो फिल्म ‘पुष्पा’ बनाउने चर्चित निर्देशक सुकुमारले निर्देशन गरेका हुन् । तर के तपाईंलाई थाहा छ, यो फिल्मको एउटा दृश्यले ठूलो विवाद खडा गरेको छ । रंगस्थलममा सामन्था र रामचरणबीच एक किसिङ सीन छायांकन गरिएको थियो, जसलाई लिएर निकै ट्रोल भएको थियो ।

यस क्रममा सामन्थाले निक्कै बदनामी झेल्नु परेको थियो । तर चुम्बन दृश्यको पछाडि एउटा अनौठो कथा छ, जसको बारेमा कमैलाई थाहा छ । एक अन्तर्वार्तामा सामन्थाले यस फिल्मको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले यो किसिङ सीन नभई भिएफएक्सबाट बनाइएको बताईन् । जब निर्देशकले रामचरण र सामन्थालाई रंगस्थलममा चुम्बन दृश्यको बारेमा भने, दुबैले अस्वीकार गरे।

लिप लक दृश्यका कारण आफ्नी श्रीमती उपासनाले कस्तो प्रतिक्रिया दिने भनेर रामचरण पनि तनावमा थिए। त्यसपछि नयाँ विधि पत्ता लाग्यो । फिल्मका निर्माताले सामन्था र रामचरणको त्यो दृश्य भीएफएक्सको सहयोगमा खिचेका हुन् । सामन्थाले भनिन्, ‘त्यस दृश्यमा लिप लक नभएर गालामा टच थियो ।

तर मानिसहरूले सोचे कि सामन्थाले वास्तवमै यो गरिन् । मानिसहरूले यसको बारेमा धेरै फोहोर कुराहरू लेख्न थाले। अभिनेत्रीले थप भनिन्, ‘विवाहपछि पनि म यस्ता दृश्य गर्छु भनेर मानिसहरूले मलाई गाली गरिरहेका थिए । तर विवाहित कलाकारहरूले यस्ता दृश्यहरू गर्दा के उनीहरूले पनि यस्ता प्रश्न गर्छन्रु त्यसैले म केटी हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर