काठमाडौं, २ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियासँगको खेलमा नेपालले दोस्रो ओभरमै एक विकेट गुमाएको छ ।
नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा दोस्रो ओभरमै नेपालका आशिफ शेखलाई आउट भएका हुन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यो समाचार तयार पार्दासम्म ३ ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाएर ६ रन जोडेको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो ।
नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।
नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।