टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सहयोग गर्ने बताएकी छन् ।जोलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भूकम्पग्रस्त क्षेत्रको तस्वीर र भिडियो सार्वजनिक गर्दै पीडितको सहयोगका लागि आफू लाग्ने भन्दै सहयोग गर्न सबैलाई अपील समेत गरेकी छन् ।
गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७।८ रेक्टर स्केलको भूकम्पको साथै ७।५ रेक्टर स्केलको परकम्पले दुबै देशमा विनाश निम्त्यायो । जसमा परी मृत्यु हुनेको संख्या २९ हजार नाघिसकेको छ । उद्धार कार्य जारी रहेको सो क्षेत्रमा राजधानि दैनिकमा खबर छ। भूकम्पपीडितका लागि सहयोग जुटाउन अभियान पनि चलिरहेका छन् । संसारभरका मानिसहरू टर्की र सिरियालाई मद्दत गर्न आफ्नो हात बढाइरहेका छन्।
जोलीले लेखेकी छिन्, ‘मेरो मन सिरिया र टर्कीका जनतासँग छ । यतिबेला धेरै परिवार पीडामा छन्, उनीहरूको अकल्पनीय पीडा बुझ्न गाह्रो छ। मलाई आशा छ कि अरूले पनि मद्दत गर्ने विचार गर्नेछन्, ताकि तिनीहरूले जीवन बचाउन आफ्नो प्रयास जारी राख्न सकून्।’