बंगलादेशमा आयोजना हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ फुटबलको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार च्याम्पियनसिपमा रुसले समेत सहभागिता जनाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ साफले सोमबार साफ यू १७ महिला च्याम्पियनसिपमा रुसको सहभागिता हुने जनाएको छ ।
ढाकामा आयोजना हुने प्रतियोगिता मार्च २० देखि २८ सम्म हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले मार्च २० मा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।यस्तै नेपालले दोस्रो खेलमा मार्च २२ मा भुटानसँग खेल्दा मार्च २६ मा रुससँग खेल्नेछ ।नेपालले मार्च २८ मा आयोजक बंगलादेशसँग खेल्नेछ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।