बलिउडका चर्चित एक्टर नसीरुद्धिन शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी जुलाई ७ अर्थात हिजो अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनको छोरा बिवान शाहले सामाजिक सञ्जाल मार्फत फोटो शेयर गर्दै यसको जानकारी दिएको हो ।
बिवानले दुई फोटो शेयर गरेका छन् । जसमा पत्नी रत्ना पाठक शाह संग बेडरुममा देख्न सकिन्छ । बिवानले फोटोको क्याप्शनम लेखेका छन्– अस्पतालबाट डिस्चार्ज भएको छ । घर फर्किएको छु । नसीरुद्धिन शाहको स्वास्थ्य बिग्रीए पछि २९ जुनमा उनको खार स्थित हिन्दुजा अस्पतालमा भर्ना भएको थियो । उनलाई निमोनीया भएको थियो ।
उनको मेनेजरले अस्पतालमा रहदा स्वास्थ्यको बारेमा अपडेट दिईरहेका थिए । नसीरुद्धिन शाहले अभिनेत्री रत्ना पाठक संग बिबाह गरेका थिए । उनीहरुको २ वटा छोरा समेत रहेका छन् । उनीहरुको नाम बिवान शाह र इमाद शाह हो । उनीहरुको एक छोरी समेत छिन् । उनको नाम हीबा शाह हो ।