युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने १८ वर्षीय किशोर पक्राउ — OSNepal

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने १८ वर्षीय किशोर पक्राउ

LC (KTM) July 08, 2021 0

कास्की २४ असार । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा पोखरा महानगरपालिका-२७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त खलेहरुमा सट्टेबाजी भइरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्राट्सएप जस्ता अनलाईन मार्फत सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका-६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो ।

उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर