काठमाडौं-दवंग गर्ल सोनाक्षी सिन्हा से क्स वर्करको भूमिकामा देखिने भएकी छन् । उनी संजय लीला भंसालीको नयाँ प्रोजेट वेब शो ‘हीरामन्डी’मा से क्स वर्करको भूमिकामा देखिने भएकी हुन् । फिल्ममा सोनाक्षी राजी भएको बताइएको छ ।
सोनाक्षीका पिता शत्रुध्न सिन्हाको पनि चाहना छोरीले भंसालीसँग काम गरोस् भन्ने रहेको र त्यो पुरा भएको बताइएको छ । केही दिन पहिले फिल्म ‘गंगुबाई काठियावाडी’को सुटिङ सकाएका भंसालीले अहिले ‘हीरामन्डी’को समेत काम शुरु गरेका छन् ।
‘हीरा मन्डी’ का लागि बलिउड अभिनेत्री हुमा कुरैशी समेत फाइनल भएकी छन् । यो प्रोजेटमा सोनाक्षी र हुमा दुबै सेक्स वर्करको रुपमा देखिनेछन् । फिल्ममा सोनाक्षीले आफुलाई भिजाउन तयारी समेत शुरु गरेको भारतिय मिडियाले जनाएका छन् ।