भरतपुरबाट प्रेमीसँगै हिँडेका बेला बेपत्ता भएकी बिनाका प्रेमी प्रवेशका बाबु पहिलो पटक मिडियामा आए — OSNepal

भरतपुरबाट प्रेमीसँगै हिँडेका बेला बेपत्ता भएकी बिनाका प्रेमी प्रवेशका बाबु पहिलो पटक मिडियामा आए

LC (KTM) July 08, 2021 0

चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो समस्यामा परेको छ । विनाको स्थानिय युवक प्रवेश कँडेलसंग प्रेम रहेको खुलेको छ । उनीहरुको परिवार प्रेममा राजी नै थिए । केही समय पछि विवाह गरिदिने योजना समेत थियो ।

तर अचानक विना हराइन् । विना हराएपछि प्रवेशलाई प्रहरीले पक्राउ गरेको छ । प्रवेश केही समय अघि मात्र विदेशवाट आएका थिए । १४ गते दिउसो १ वजे छोरा प्रवेश वाहिर निस्केका थिए तर भोलीपल्ट प्रहरीले फोन गरेपछि मात्र आफुले घटनावारे थाहा पाएको बताए । उनले आफ्नो छोराले गल्ती गरेको छ भने सजाय दिन पनि आग्रह गरेका छन् ।

असार १४ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए । त्यसपछि उनी हराइन् भनेर प्रवेशले नै विनाको वुवालाई फोन गरेका थिए । वैशाखको १७ गते प्रवेशको दाईको विवाह भएका कारण उनी नेपाल आएका थिए ।

जयश्वर सापकोटाले छोरीको फटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्नेरभेट्नेले सहयोग गरिदिन आग्रह गरे पनि छोरी अहिलेसम्म फेला परेकी छैनन् ।

असार १४ गते विनाका प्रेमीले उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवतीसँग प्रेममा रहेको रहस्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् । त्यसपछि विना र ति अर्की युवतीबीच विवाद भएको पनि प्रवेशले प्रहरीसंग वयानमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर