काठमाडौं- नायिका अदितीले मुम्बइ पुगेर कोरोना विरुद्धको खोप लगाएकी छन् । उनले मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर कोभिसिल्ड खोप लगाएकी हुन् । खोप लगाएको तस्विर उनले सामाजिक संजालमा सेयर गरेकी छन् ।
सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी केही दिन अगाडि मुम्बई फर्किएकी हुन् । विभिन्न जिल्लामा १० दिन ‘बाबरी’ फिल्म छायाँकन गरेकी बुढाथोकी निषेधाज्ञाको कारण रोकिएपछि उनी पुनं मुम्बइ गएकी हुन् ।
निषेधाज्ञा केही सहज भएपछि उनी मुम्बई फर्किएकी हुन् ।फिल्म ‘क्रृ’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अदिती मुम्बईमा रहेर मोडलिङ र अभिनय अगाडि बढाइरहेकी छन् । बेला बेला सामाजिक संजालमा हट तस्विर सेयर गरेर उनी चर्चामा आइरहन्छिन् ।