शङ्का लागेर पिकअप गाडी चेक जाच गर्दा तीन छक्क पर्यो प्रहरी,गाडी नियन्त्रणमा — OSNepal

शङ्का लागेर पिकअप गाडी चेक जाच गर्दा तीन छक्क पर्यो प्रहरी,गाडी नियन्त्रणमा

LC (KTM) July 08, 2021 0

वाग्मती, २४ असार: प्रहरीले करीब १२१ किलो अवैद्य लागुऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।हेटौडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यामिक विद्यालय नजिक गस्तीमा गएको प्रहरीको गाडीलाई देख्नासाथ प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीका चालक आज बिहान गाडी छोडेर भागेका थिए ।

शङ्का लागेर प्रहरीले जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखेको अवस्थामा १२० किलो ९०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरार रहेका चालकको खोजीकार्य तीव्र पारिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर